काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ का मतदातासँग रचनात्मक सुझावको आग्रह गरेका छन्।
संविधान २०७२ लाई आवश्यक संशोधनसहित अझ प्रभावकारी, समावेशी र सशक्त बनाउँदै समाजवादको आधार निर्माण गर्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको पोखरेलको भनाइ छ। उनले विशेषगरी युवाको सुरक्षित, सक्षम र सुनौलो भविष्य सुनिश्चित गर्ने दीर्घकालीन योजनामा आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
“काठमाडौं–५ का जनताको अनुभव, दृष्टिकोण र सृजनात्मक सुझावले मेरो योजना अझ वस्तुनिष्ठ र जनअपेक्षाअनुकूल बन्ने विश्वास लिएको छु,” पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अनुरोधमा उल्लेख छ।
उनले सहकार्य, संवाद र साझा प्रयासमार्फत समृद्ध काठमाडौं र सशक्त नेपाल निर्माण सम्भव हुने भन्दै जनताको सक्रिय सहभागिता र सुझावलाई आफ्नो अभियानको आधार बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०८२, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल