काठमाडौँ। नेकपा एमाले नेता ईश्वर पोखरेलले संविधान संशोधनका लागि उम्मेदवारी दिएको भन्दै सुझाव मागेका छन्। आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको बताउँदै नेता पोखरेलले सुझावको आह्वान गरेका हुन् ।
पोखरेल काठमाडौँ-५ बाट उम्मेदवार छन्। उनी २०५६ सालदेखि नै त्यही क्षेत्रबाटै उम्मेदवार रहँदै आएका छन्।
पोखरेलले बिहीबार बिहान फेसबुकमार्फत सुझाव माग्दै नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको दाबी गरेका छन् ।
‘यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु,’ पोखरेलले भनेका छन्, ‘तपाईँको सिर्जनात्मक र उपयोगी सुझावले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु