एमाले देश बनाउने शक्ति : ईश्वर पोखरेल

सफल खबर संवाददाता

बुधबार, ०६ फागुन २०८२, ११ : १६
एमाले देश बनाउने शक्ति : ईश्वर पोखरेल

काठमाडौं । काठमाडौं-५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई तीव्र पारेका छन् ।

टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको बताए ।

‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ उनले भने । एमालेलाई विजयी गराउन सबै कार्यकर्ता र समर्थकलाई जनतामाझ पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध गरेका छन् ।

जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने पोखरेलले प्रतिबद्धता जनाए । फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको बताएका छन् ।

काठमाडौं-५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेलले मत मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस