तमु प्ये ल्हु संघ चितवनको अधिवेसन असोज ३ र ४ गत्ते

५ सय थान कपडा कपडा बैंकलाई हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०७६, २१ : १९
तमु प्ये ल्हु संघ चितवनको अधिवेसन असोज ३ र ४ गत्ते

 चितवन । तमु प्ये ल्हु संघ चितवनको १५ औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेसन असोज ३ र ४ गत्ते हुनेभएको छ । संघले मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी अधिवेसनबारे जानकारी गराएको हो । 

अधिवेसनका लागी जिल्लाका विभिन्न १८ वटा ईकाईबाट करिव ५ सय प्रतिनिधि आउने कार्यक्रम संयोजक तुलाराम तमुले बताए । अधिवेसन नौरंगेको खेमा भवनमा हुने छ । 

२०४७ सालमा केन्द्रमा स्थापना भएको संघको चितवन शाखा भने २०६० सालमा विस्तार भएको संघका अध्यक्ष जगत बहादु तमुले बताए । संघले जिल्लामा तमु समुदायको भाषा, लिपि, धर्म, संस्कृति संरक्षण सम्बर्धनका लागी विभिन्न कार्यक्रम गर्दै आएको छ । 

अधिवेसनको उद्घाटनसत्रमा ८० वर्ष भन्दा माथीका जेष्ठनागरीक र एसइइमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको संघका सचिव विक्रम गुरुङ्गले बताए । 

५ सय थान कपडा कपडा बैंकलाई हस्तान्तरण
पत्रकार सम्मेलनमार्फत संघका विभिन्न ईकाईबाट संकलन गरीएको कपडा कपडा बैंकलाई हस्तान्तरण गरेको छ । संकलीत ५ सय थान कपडा संघका अध्यक्ष जगत बहादुर तमुले नेत्र गुरुङ्गलाई हस्तान्तरण गरेको हो । 

गुरुङ्गले कपडा बुभ्mदै आफुसँग भएका केहि कपडाले कसैको जाडो छेकिन्छ भने सहयोग गर्नपर्ने बताए । उनले मन भए आफुसँग भएका अथवा किनेरै भएपनि सहयोग गर्न सवैसँग आग्रह गरे । संकलन भएको कपडा पुर्वि चितवनमा स्थापना भएको कपडा बैंकमा जम्मा गरीने गुरुङ्गले बताए । 
 

प्रतिक्रिया दिनुहोस