काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश गरिसकेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटमा उनले सुधारमुखी नीतिगत कदमहरू अघि बढाइएको स्पष्ट पारेका हुन् ।
उनका अनुसार राजस्व अनुसन्धान विभाग खारेज भइसकेको र कर संरचना घटाउने दिशामा समेत तयारी भइरहेको छ । अर्थतन्त्रलाई सुदृढ बनाउन राजस्व वृद्धि, रोजगारी सिर्जना र समग्र आर्थिक आकार विस्तारलाई प्राथमिक लक्ष्य बनाइएको उनले बताए ।
मन्त्री वाग्लेले सरकारले उदार आर्थिक नीति अवलम्बन गर्दै निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउने दिशामा काम भइरहेको उल्लेख गरे । आगामी बजेट व्यवसायी तथा आम नागरिक दुवैलाई उत्साहित गर्ने खालको हुने र निजी क्षेत्रका रचनात्मक सुझावलाई समेटिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विस्तृत सुझाव पेस गरेको छ । अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यसहित सुझाव प्रस्तुत गरेको
हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ बैशाख २०८३, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने