सरकारको निर्णयविरुद्ध त्रिवि परिसरमा विद्यार्थीहरूको संयुक्त मार्चपास

सफल खबर संवाददाता

मंगलबार, १५ बैशाख २०८३, १५ : २२
सरकारको निर्णयविरुद्ध त्रिवि परिसरमा विद्यार्थीहरूको संयुक्त मार्चपास

काठमाडौँ । राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेका छन् ।

घण्टाघर क्षेत्रबाट सुरु भएको मार्चपास त्रिभुवन विश्वविद्यालय (टीयू) गेटसम्म पुगेको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल फिर्ता गर्नुपर्ने माग अघि सारेका छन् ।

विद्यार्थी संगठनका प्रतिनिधिहरूले उक्त निर्णय संविधान तथा लोकतान्त्रिक मूल्य-मान्यताविपरीत भएको दाबी गर्दै यसले नागरिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गरेको बताएका छन् ।

यसैबीच आन्दोलनरत विद्यार्थीहरूले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । साथै शैक्षिक संस्थामा सुरक्षा पोष्ट राख्ने निर्णय कार्यान्वयन नगर्न पनि माग गरिएको छ ।

विद्यार्थी नेताहरूले शिक्षा क्षेत्रमा मेरिटोक्रेसी अर्थात् योग्यता प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

त्स्तै विद्यार्थीलाई उपलब्ध गराइँदै आएको ४५ प्रतिशत यातायात भाडा छुटलाई यथावत् राख्नुपर्ने तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सम्बन्धी निर्णय फिर्ता लिनुपर्ने माग पनि प्रदर्शनमार्फत उठाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस