उपत्यकाका नदी किनारः सुकुम्बासी बस्ती भत्काएपछि मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा कस्तो छ अवस्था ?

सफल खबर संवाददाता

मंगलबार, १५ बैशाख २०८३, १३ : ५७
उपत्यकाका नदी किनारः सुकुम्बासी बस्ती भत्काएपछि मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा कस्तो छ अवस्था ?

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ ।

काठमाडौं उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ । नेपाल प्रहरीकाअनुसार काठमाडौंतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ ।

सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत सञ्चालन गरिएको यस कार्यले ठूलो संख्यामा आवास विहीनहरूलाई प्रभावित पारेको छ । स्थानीय प्रशासनले नदी किनारको करिडोरलाई व्यवस्थित बनाउन र वागमती तथा मनोहराको स्वच्छता कायम राख्न यो कठोर कदम चाल्नुपरेको बताएको छ । यद्यपि विस्थापित भएका परिवारहरूले आफ्नो उठिबास लगाइएको तर उचित विकल्प नदिइएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस