मधेसका एक दर्जन नेता एकै साथ किन पुगे प्रचण्डकहाँ ?

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०७६, ०८ : ४२
मधेसका एक दर्जन नेता एकै साथ किन पुगे प्रचण्डकहाँ ?

फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपाको प्रदेश २ कमिटिमा पार्टी नेताहरुकै वीचमा चर्काे विवाद देखिएको छ । विवादकै वीच एउटा पक्षले अर्काे पक्षलाई कारवाहीको माग गर्दै काठमाडौंमा छन् ।

२४ भदौंमा वर्दिवासमा पार्टी भित्रै भएको झडपका विषयलाई लिएर अहिले एकले अर्काे पक्षका नेतालाई कारवाहीको माग गर्दै शीर्ष नेताकाहा डेलिगेशन जाने क्रम रोकिएको छैन ।

मधेसका पार्टी कमिटि नेकपालाई मात्र होइन, प्राय सवै जसो राजनीतिक दलका लागि उत्तिकै जटिल छ । आन्तरिक पार्टी कमिटि मिलाउन त्यहा सवै जसो दललाई सकस नै पर्ने गरेको छ । त्यही क्रममा सत्तारुढ दल नेकपाको कमिटिमा पनि विवाद चुलिएको हो ।

त्यसको ब्यवस्थापनमा नेकपालाई अहिले टाउको दुखाई बन्न पुगेको छ । नेकपाभित्रको केपी ओली पक्ष र प्रदेश अध्यक्ष प्रभु शाह पक्ष एकातिर र माधव नेपाल पक्ष र मात्रिका यादव पक्ष अर्काेतिर हुने गरी नयाँ समिकरण मधेसमा देखा परेको छ ।

त्यही क्रममा प्रदेशका इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु शाह र सचिव सुमनराज प्याकुरेलले वरिष्ठ नेता माधव नेपाल र उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री समेत रहेका मात्रिका यादवलाई आवश्यक छानविन गरी कारवाही गर्न केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेसँगै थप विवाद वढेको छ ।

आफहुरुलाई कारवाहीको माग गरेपछि नेपाल मात्रिका समुहले पनि प्रदेशका पदाधिकारी (इन्चार्ज मण्डल, अध्यक्ष साह) लगायतलाई कारवाही माग गर्दै केन्द्रमा डेलिगशेन थालेका छन् ।

त्यही क्रममा उनीहरु सोमबार दिउँसो अध्यक्ष प्रचण्डकहा डेलिगेशन गएका हुन् । प्रदेशका पछि थप भएका दुई सहइन्चार्जहरु नागेन्द्रप्रसाद चौधरी, महेन्द्र पासवान सहित रामचन्द्र झा, भरत शाह, रामकुमार शर्मा, गोपाल ठाकुर लगायतका एक दर्जन केन्द्रीय सदस्यहरु प्रचण्ड कहा पुगेका हुन् । उद्योगमन्त्री मात्रिका यादव भने त्यो डेलिगशेनमा सहभागी थिएनन् । तर उनको समर्थनमै टोली प्रचण्ड कहा पुगेको उनका स्वकिय सचिव देवराम यादवले बताएका छन् ।

यादव पार्टीकै अर्का केन्द्रीय सदस्य महादेव यादव विरामी भई उपचारका लागि दिल्लीमा रहेकोले उनको स्वास्थ्य अवस्था बुझ्नका लागि दिल्लीमा रहेका कारण मात्र प्रचण्ड कहाँ उनी नपुगेको स्वकिय सचिव यादवको तर्क छ ।

मन्त्री यादव आजै स्वदेश फर्किदैछन् । टोलीले पार्टी केन्द्रीय कार्यालयमा आज लिखित रुपमै आफनो तर्फवाट ज्ञापनपत्र दर्ता गराउने तयारी गरेका छन् ।

पार्टी केन्द्रले अबको सचिवालय बैठकमा मधेसमा देखिएको विवादका विषयमा छलफल गर्ने तयारी थालेपछि दुवै पक्ष अहिले केन्द्रमा नेताहरु कहाँ डेलिगेशनका लागि पूग्न थालेका हुन् ।

सोमबार आफैलाइृ भेटन निवास आएका मधेसका झण्डै एक दर्जन केन्द्रीय सदस्यलाई अध्यक्ष प्रचण्डले भने दुवै पक्षले मिलेर नै पार्टी काम गर्नुपर्ने, एकले अर्काे पक्षलाई निषेध गरेर जान नहुने र पार्टी केन्द्रले पनि आवश्यक निर्णय लिने बताएर नेताहरुलाई फर्काएका छन् ।

‘अध्यक्षले मिलेरै जानुपर्छ, धेरै दुरी वढाउने, विवाद वढाउने तिर जानुहुन्न, अवको सचिवालय बैठकमा हामी पनि सिरियस्ली छलफल गछौं, तपाईहरु पनि मिलेर जानुहोस् भन्नुभयो,’ प्रचण्डको भनाई उदधृत गर्दै डेलिगशेनमा पुगेका एक केन्द्रीय सदस्यले बताए । 

प्रतिक्रिया दिनुहोस