काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ ।
बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री वालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएकोले आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्ने–नगर्ने निश्चित भने छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ जेठ २०८३, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, नियमावली पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची