काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची छ ।
सुरुमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीको मस्यौदामाथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि साुंदहरूले आफ्ना संशोधनसहितका धारणा राख्नेछन् । त्यसपछि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिनेछ ।
यसबाहेक आज प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । नियमावलीमा ३५ वटा संशोधन परेको छ ।
विपक्षी दलका सांसदहरूले संसदीय समितिको बैठक बस्न मन्त्रीको उपस्थिति अनिवार्य गर्ने, सांसद भएकै कारण अन्य कानुन नलाग्ने गरी नियमावली बनाउन नहुने, संविधान संशोधन कार्यविधिको हकमा नियमावलीमा प्रष्ट व्यवस्था राख्नुपर्ने लगायतका विषयमा संशोधन राखेका छन् । सत्तापक्षकै सांसदहरूले पनि भाषागत त्रुटिसहितका विषयमा संशोधन राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ जेठ २०८३, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची