एजेन्सी । माइकल ओलिसको ह्याट्रिक मद्दतले फ्रान्सले विश्वकप २०२६ अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्यान्डलाई सोमबार ३–१ ले पराजित गरेको छ । फ्रान्सको लिलमा भएको यो खेल प्रशिक्षक डिडिएर डेसक्याम्पका लागि घरेलु भूमिमा अन्तिम खेल समेत बन्यो ।
खेलमा ओलिसले ४३ औँ, ४९ औँ र ७४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उत्तरी आयरल्यान्डका तर्फबाट प्याट्रिक केलीले एक गोल फर्काएका थिए ।
यस्तै, अर्को मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले उज्वेकिस्तानमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ ।
डच टोलीका लागि दोस्रो हाफमा कोडी गाक्पोले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । विश्वकपमा नेदरल्यान्ड्सको पहिलो खेल जापानसँग हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ जेठ २०८३, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक