काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यसैगरी, बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, नियमावली पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची