रूपन्देही । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यक रहेको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको वर्तमान अवस्थालाई चुनौतीपूर्ण बताउँदै व्यापक पुनर्संरचना र डिजिटल रूपान्तरणको आवश्यकता रहेको तर्क गरे ।
बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। पाण्डेले पार्टीको खस्किँदो चुनावी नतिजाले नेतृत्व र संगठन दुवैलाई गम्भीर आत्मसमीक्षाको आवश्यकता रहेको बताए ।
उनले विगतमा बलियो संसदीय उपस्थितिसहित रहेको एमाले अहिले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यक रहेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन’: सुरेन्द्र पाण्डे
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे