काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदर्शनका क्रममा चोरी भएको हात्तीको दाह्रा बरामद गर्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्येबाट लागुऔषध पनि फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका व्यक्तिहरूमा तार्केश्वर नगरपालिका-९ मनमैजुका राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका-४ घर भई हाल मनमैजु बस्ने टेकप्रसाद गुरुङ, काठमाडौँ महानगरपालिका-१७ का आयुष महर्जन, बैतडी घर भई टोखा-२ बस्ने पुरन बोहरा तथा गोरखा अजिरकोटका सन्तबहादुर भुजेल रहेका छन्।
प्रहरीका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री गर्ने प्रयास भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानमा राजिव, आयुष र टेकप्रसादले दाह्रा टुक्रा पारी राजिवको घर नजिकै खाली जग्गामा लुकाएको खुलेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एकजना पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भरतपुरबाट एकजना पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ