महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

सफल खबर संवाददाता

बुधबार, २० जेठ २०८३, २० : ३८
महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तर्गतको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। निर्धारित समयसम्म बराबरीतर्फ उन्मुख देखिएको खेलमा नेपालले अतिरिक्त समयमा गोल खाएपछि फाइनल पुग्ने अवसर गुमाएको हो।

खेलको २२औँ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। दीपा शाहीले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्दै उनले टोलीलाई सुरुआती अग्रता दिलाएकी हुन्।

प्रतिक्रिया दिनुहोस