काठमाडौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले विचार र निश्चित गन्तव्य विनाको वाम एकताले पार्टीको मूल्य र मान्यतालाई ‘डाइल्युट’ मात्रै गर्ने बताएका छन् ।
आफ्नो पार्टीका कतिपय व्यक्ति नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा लागेको भन्दै उनले पार्टी एकता विचार र सिद्धान्तको आधारमा हुनुपर्नेमा जोड दिएका हुन्।
‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’को दौडधुपमा हुनुहुन्छ,’ पाण्डेले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?’
नेकपा (एमाले) आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको भन्दै उनले तात्कालिक राजनीतिक लाभमात्र हेरेर पार्टी एकता गर्नु नहुनेमा जोड दिएका छन्।
‘एमाले आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो। हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ। विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ,’ पाण्डेले भनेका छन्, ‘अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो। यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ।’
विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम दिएको स्मरण पनि उनले गरेका छन्।
‘विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ,’ पाण्डेले भनेका छन्, ‘नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव
सुरेन्द्र पाण्डेले महासचिव पदमा गराए उम्मेदवारी दर्ता