हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती

सफल खबर संवाददाता

मंगलबार, १९ जेठ २०८३, ११ : ४९
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती

काठमाडौं । श्रम संस्कृति पार्टीको वरिष्ठ नेता सुदन किरातीले हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाए मात्र देशले गति लिने बताएका छन् ।

उदयपुरको गाइघाटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै किरातीले भने, ‘अब कतैबाट बिजारोपन गरिएको वा हाइब्रिड गरिएको नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाङ जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ ।’

वर्षौंदेखि राजनीतिमा सिन्डिकेट लगाएर बसेको नेता पुस्तालाई विस्थापन गर्दै जनताले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा पुस्तान्तरण गराए पनि प्रतिफल नआएको किरातीले बताए । प्रधानमन्त्री शाहप्रति जनताको ठूलो आशा भएको भए पनि अहिले निराश हुनुपरेको किरातीको तर्क छ ।

फिल्मी शैलीमा काम गर्ने कोसिस गर्दा आज देश र जनतालाई गम्भीर धोका भएको छ । चमेलीको बोलिदिने कोई छैन भनेर एकाएक उदाएका बालेनले बिनायोजना गरिबमाथि नै डोजर लगायो,’ किरातीले भने, ‘राष्ट्रियताको सन्दर्भमा संसदमा उभिएर दिएको अभिव्यक्तिले सिङ्गो कुटनीतिलाई भताभुङ्ग बनायो ।’

राष्ट्रियता सम्बन्धि प्रधानमन्त्री शागले दिएको अभिव्यक्ति इतिहासमा क्षमायोग्य नरहेको किरातीको दाबी छ । उमेर र अनुहारले नभएर दृष्टिकोणले देश चलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस