काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी पहिलेकै लयमा फर्कने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
शनिबार फेसबुकमार्फत उनले भनेका छन्, ‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ? मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौं ।’
तर यसका लागि पार्टीलाई आधुनिक र शक्तिशाली बनाउनका लागि इतिहासको ब्याजमा नभइ भविष्यको लगानीमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
साथै, उनले एमाले राजनीतिक शक्ति मात्रै नभइ देशको जटिल समस्या समाधान गर्ने गतिशील संस्था बन्नुपर्ने उनको भनाई छ ।
उनले भनेका छन्, ‘अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ’विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ ।’
अबको एमाले बचाउन तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्ने सुझाव दिएका छन् ।
पाण्डेले दिएको सुझाव :
पहिलो, विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ’प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ ।
दोस्रो, डिजिटल मेरिटोक्रेसी : व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् ।
तेस्रो, संरचित पुस्तान्तरण : नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०८२, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव
सुरेन्द्र पाण्डेले महासचिव पदमा गराए उम्मेदवारी दर्ता
कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्नुपर्नेमा सुरेन्द्र पाण्डेको जोड
एमालेमा हाम्रो नेतृत्व आएपछि कम्युनिष्ट एकता अघि बढाउँछौँ: सुरेन्द्र पाण्डे
विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा फरक मत राख्छौँ: सुरेन्द्र पाण्डे