चितवन । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले राष्ट्र र नागरिकप्रतिको सेवाभावलाई प्राथमिकतामा राख्दै सकारात्मक सोच र उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन हुन संगठनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।
चितवनको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विपद् प्रभावित नागरिकको उद्धारमा खटिँदा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनले उक्त शिक्षालयले छोटो अवधिमै विपद् व्यवस्थापन क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै आएको उल्लेख गर्दै संकटग्रस्त अवस्थामा नागरिक उद्धारमा महत्वपूर्ण योगदान पुर्याएको बताए । साथै, देशका विभिन्न दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा समेत तत्काल परिचालन भई मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर