काठमाडौ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल मानवस्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो।
सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप-समूहतर्फ दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी जवानमा ८७६ जनाको लागि दरखास्त आह्वान गरिएकाे छ।
त्यसैगरि भान्सेमा २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरि आठसय ४६ जना खुला प्रतियोगिताद्वार पदपूर्ति गरिने सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा सुरक्षासम्म
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते
अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की