काठमाडौ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल मानवस्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो।
सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप-समूहतर्फ दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी जवानमा ८७६ जनाको लागि दरखास्त आह्वान गरिएकाे छ।
त्यसैगरि भान्सेमा २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरि आठसय ४६ जना खुला प्रतियोगिताद्वार पदपूर्ति गरिने सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध