काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदका लागि नामावली सार्वजनिक गरेको हो।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका आधारमा ६ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ।
सिफारिसमा परेका अधिकारीहरूमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की रहेका छन्।
बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल द्वारा हस्ताक्षरित सूचनामा यो सिफारिस सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३८ को उपनियम (३) बमोजिम प्रकाशित गरिएको उल्लेख छ।
साथै, उक्त बढुवा सिफारिसप्रति चित्त नबुझ्ने एसएसपीहरूले नियमावलीको नियम ५५ अनुसार ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था रहेको पनि सूचनामा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ बैशाख २०८३, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर