काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई बाहिरी भेटघाटमा कडाइ गरिएको जनाएको छ ।
अबदेखि सशस्त्र प्रहरीका कुनै पनि दर्जाका कर्मचारीले उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि वा सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।
बिहीबार मातहतका सबै कार्यालयमा परिपत्र गर्दै भेटघाटसम्बन्धी आचरण नियमावली (स्थायी आदेश) लागू गरेको सशस्त्र प्रहरीका डिएसपी तथा प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी कर्मचारीहरूले अधिकारिक अनुमति बिना हुने भेटघाट वा छलफलले संगठनको मर्यादा र राष्ट्रिय सुरक्षामा असर पार्ने भन्दै निषेध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यप्रदत्त जिम्मेवारीमध्ये आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्ता संवेदनशील कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरूले अनुशासन र गोपनीयताको पूर्ण पालना गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर
सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा सुरक्षासम्म
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते
अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही