काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई बाहिरी भेटघाटमा कडाइ गरिएको जनाएको छ ।
अबदेखि सशस्त्र प्रहरीका कुनै पनि दर्जाका कर्मचारीले उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि वा सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।
बिहीबार मातहतका सबै कार्यालयमा परिपत्र गर्दै भेटघाटसम्बन्धी आचरण नियमावली (स्थायी आदेश) लागू गरेको सशस्त्र प्रहरीका डिएसपी तथा प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी कर्मचारीहरूले अधिकारिक अनुमति बिना हुने भेटघाट वा छलफलले संगठनको मर्यादा र राष्ट्रिय सुरक्षामा असर पार्ने भन्दै निषेध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यप्रदत्त जिम्मेवारीमध्ये आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्ता संवेदनशील कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरूले अनुशासन र गोपनीयताको पूर्ण पालना गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन