काठमाडौँ । हालको संवेदनशील सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधिहरू रोकथाम गर्न सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरेको छ।
सशस्त्र प्रहरीले आज एक सूचना प्रकाशन गर्दै सीमा क्षेत्रमा भइरहेको चोरी, तस्करी, घुसपैठ, अतिक्रमण र अन्य आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न आम नागरिकको सक्रिय सहयोग अपरिहार्य रहेको जनाएको छ।
कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी दिन हटलाइन नम्बर ९८५१२९११०० र टोल फ्री नम्बर १११४ वा एसएमएस वाट्स एप भाइवरमा फोन म्यासेज गरेर पनि जानकारी दिन सकिनेछ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा शान्ति सुरक्षाको लागि जिम्मेवारीपूर्वक कार्य गरिरहेको उल्लेख गर्दै नागरिकबाट प्राप्त हुने सूचना सुरक्षाका लागि सहयोगी हुने बताएको छ।
साथै सशस्त्रकै कर्मचारीहरू समेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ,‘हालको जटिल सुरक्षा स्थिति तथा चाडपर्वको अवसरको अनुचित फाइदा लिँदै आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरूले खुल्ला सीमा इलाकाबाट चोरी तस्करी लगायत सीमा अपराध गराउन सक्ने हुँदा यस्तो क्रियाकलापहरू कहीँ कतै भएको पाइएमा र देखिएमा वा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरू समेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा सशस्त्र प्रहरी बल, नेपालको हट लाइन नं. ९८५१२६१२०० मा म्यासेज र फोन वा टोल फ्रि नं. १११४ मा जानकारी गराई सहयोग गरिदिन हुन आम सर्वसाधारण लगायत सम्पूर्णमा अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर
सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा सुरक्षासम्म