काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको घर झगडा थप पेचिलो बन्न थालेको छ । कांग्रेस नेता समेत रहेका पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि सस्थापन र देउवा कोइराला समुहका बीचमा फरक धारणासहितको बक्तब्यबाजी भएपछि फेरि घर झगडा सतहमा आएको हो ।
यो विवादपछि कांग्रेसमा समानान्तर गतिविधि तीव्र हुन थालेको छ । विशेष महाधिवेशन गरी गगन थापा सभापति बनेपछि निर्वाचन आयोगले समेत गगन थापा नेतृत्वको समितिलाई बैधानिकता दिएको छ । त्यही वैधानिकतापछि कांग्रेस गगन थापाको हस्ताक्षरसहि तगत फागुन २१ को प्रतिनिधिसभा चुनावमा भाग लिन पुगेको थियो ।
पूर्व सभापति शेरवहादुर देउवा, शेखर कोइराला समुह लगायतका ३२ जना नेताले गगन थापाको हस्ताक्षर भएको टिकट नै लिएर चुनाव लड्न पुगेका थिए । यसरी चुनाव लड्नेमा शेखर कोइराला स्वयम पनि थिए । देउवाका विश्वासिला पात्र डा प्रकाशशरण महत, विमलेन्द्र निधि लगायतका नेताहरु पनि गगन थापाले नै हस्ताक्षर गरेको टिकट लिएर चुनाव लडेका थिए ।
निर्वतमान सभापति शेरवहादुर देउवा र उनकी पत्नी अरजु राणा देउवा भने निर्वाचनमा मतदान नै नगरी सिंगापुर पुगेका थिए । सिंगापुर पुगेका देउवा दम्पती अहिले हङकङ छन् ।
कांग्रेसको सभापति गगन थापा पक्षले भने विदेश बसेरै देउवाले अहिले गुट चलाउन थालेको आरोप लगाउँदै अब समानान्तर गतिविधि गर्ने नेतामाथी कारवाही प्रक्रिया अगाडी बढाउने निश्कर्ष निकालेको छ ।
गगनहरुले समानान्तर गतिविधि गर्नेमाथी कारवाही प्रक्रिया अगाडी बढाउने र देउवा कोइराला समुहले समानान्तर गतिविधि गर्न नछोडने निति लिएपछि कांग्रेस अब भने जटिल विभाजनको मोडमा पुगेको छ । कांग्रेसको आधिकारिकता विवाद सर्वाेच्च अदालतमा विचाराधिन छ । चैत २२ मा सर्वाेच्चमा त्यसउपर पेशी तोकिएको छ ।
रमेश लेखक पक्राउपछि कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले वक्तब्य दिएका थिए । ठमेलको एक होटलमा देउवा कोइराला समुहको बैठक बसेर लेखक पक्राउमा राजनीतिक पूर्वाग्रह राखिएको र त्यसको शसक्त प्रतिवाद गर्ने निर्णयसहितको वक्तब्य दिएका थिए ।
पार्टीको लेटरहेडमा कार्यावबाहक सभापतिको हैसियतमा खड्काले वक्तब्य जारी गरेपछि कांग्रेस झस्किएको छ । त्यत्तिमात्रै होइन, खड्काले देउवा कोइराला पक्षका नवनिर्वाचित प्रतिनिधिसभा र राष्टिय सभाका सांसदहरुलाई सोमबार मात्रै काठमाडौंकै अर्काे एक होटेलमा कार्यक्रम आयोजना गरी सम्मान गरेको थियो । उक्त कार्यक्रममा कांग्रेसका प्रतिनिधिसभाका ११ र राष्टिय सभाका ४ गरी १५ सांसद सहभागी भएका थिए ।
कांग्रेससङ्ग प्रतिनिधिसभामा ३८ र राष्टिय सभामा पछिल्लो पटक ९ सांसद निर्वाचित भएका थिए । यसमध्येका १५ सांसद देउवा कोइराला समुहले बोलाएको सम्मान कार्यक्रममा सहभागी भएका थिए ।
यसलाई पनि गगन थापा पक्षले गम्भिरतापूर्वक लिएको छ । गगन पक्षले अनुशासनमा नबस्ने र पार्टी निर्णयमा भूमिका खेल्न नसक्ने सांसदलाई फिर्ता बोलाउन सक्ने चेतावनी दिएको भोलिपल्टै देउवा कोइराला समुहको सम्मान कार्यक्रममा कांग्रेसका दुवै सदनका गरी १५ सांसद पुगेका थिए ।
कार्यबाहक सभापतिका हैसियतले पूर्णबहादुर खड्काले कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यासमितिको बैठक समेत आज र भोलिका लागि बोलाएका छन् । त्यसका लागि उनले काठमाडौं आउन केन्द्रीय कार्यासमितिका सदस्यहरु सबैलाई निम्ता पठाएका थिए ।
त्यसलगत्तै पर्सि अर्थात चैत १९ गते जिल्ला सभापतिहरुको भेला समेत खड्काले बोलाउने तयारी गरेका छन् । मिति घोषणा नगरेपनि त्यसदिनको तयारीमा बस्न र काठमाडौं केन्द्रीत भईराख्न उनले सूचना पठाईसकेको खड्का निकट स्रोतले बताएको छ ।
पार्टीको नाम, लेटरहेड प्रयोग गरेर इतर पक्षले समानान्तर गतिविधि थालेपछि गगन पक्ष भने अब कारवाहीको निश्कर्षमा पुगेको छ । गगनले सोमबार नै पार्टी पदाधिकारी बैठक बोलाएका थिए । त्यहाँ उनले अब समानान्तर गतिविधि जारी राखे सहेर नबस्ने निश्कर्ष सुनाएका थिए । निर्वतमान सभापतिले विदेशमा बसेरै गुट चलाईरहेको र त्यहाँबाट निर्देशन लिएरै कार्याबाहक सभापतिका नाममा पूर्णवहादुर खड्काले बैठकहरु बोलाउन थालेको गगन पक्षको आरोप छ ।
समानान्तर गतिविधि गर्नेलाई आज उनीहरुको बैठक हेरेर भोलि अनुशासन समितिको बैठक राखेर कारवाही प्रक्रिया अगाडी बढाउने योजना गगन पक्षले लिएको छ । त्यसका लागि केन्द्रीय अनुशासन समितिको बैठक भोलिका लागि डाँकिएको छ ।
यसले कांग्रेसभित्रको विवाद थप चुलिएको छ । यसले अब पार्टी एकतामा भन्दा विभाजनतिरै उन्मुख हुन थालेको नेताहरुले नै बताउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति