काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका प्रतिक्रिया नदिन नेतृत्वलाई सुझाव दिएका छन् । टिकट वितरणको सवालमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गरेर पाण्डेले यस्तो सुझाव दिएका हुन् ।
उनले भनेका छन्– 'निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो । यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ। आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो।'
पाण्डेले थप भनेका छन्– 'टिकट वितरणको क्याल्कुलेसनलाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्यौं, तर एमालेलाई जिताउने हाम्रो साझा सङ्कल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन। तसर्थ, टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र सङ्गठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।'
ओलीले एमालेका केही प्रभावशाली नेतालाई जित सुनिश्चित नभएकोले टिकट नदिएको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे
सुरेन्द्र पाण्डेले महासचिव पदमा गराए उम्मेदवारी दर्ता