रूपन्देही । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले हालै सार्वजनिक गरेको बजेट परम्परागत सोचबाट प्रभावित रहेको टिप्पणी गरेका छन् । बजेटले निजी क्षेत्रलाई उत्साहित पार्ने प्रयास गरे पनि त्यसको कार्यान्वयनको आधार कमजोर रहेको उनको भनाइ छ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले बजेटमा उल्लेख गरिएको साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने दाबी गरे । उनले बजेटले लिएको राजस्व संकलनको लक्ष्य तथा वैदेशिक ऋण परिचालनको अनुमान पनि यथार्थपरक नभएको बताए ।
‘सरकारले महत्वाकाङ्क्षी लक्ष्य राखेको छ, तर त्यसलाई हासिल गर्ने आधार पर्याप्त देखिँदैन’, उनले भने, ‘राजस्व सङ्कलनको लक्ष्य पूरा हुने सम्भावना कमजोर छ भने करिब ६ खर्ब रुपैयाँ वैदेशिक ऋण प्राप्त गर्ने अपेक्षा पनि सहज छैन ।’
पाण्डेले बैङ्किङ क्षेत्रमा अपेक्षाअनुसार कर्जा प्रवाह हुन नसकेको अवस्थालाई अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा चित्रण गरे । बैङ्क तथा वित्तीय संस्थाबाट लगानी योग्य क्षेत्रमा पर्याप्त कर्जा प्रवाह नभएसम्म विकास निर्माणका गतिविधिले गति लिन नसक्ने उनको भनाइ थियो।
अर्थतन्त्रसँगै उनले एमालेको संगठनात्मक संरचना र कार्यशैलीबारे पनि धारणा राखे । बदलिँदो प्रविधि र सामाजिक परिवेशअनुसार एमाले अब परम्परागत ‘फिजिकल पार्टी’ बाट ‘डिजिटल पार्टी’ मा रूपान्तरण हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।
‘अब केवल भौतिक भेटघाट र परम्परागत सङ्गठनात्मक अभ्यासले मात्रै पार्टी सञ्चालन गर्न सकिँदैन’, उनले भने, ‘डिजिटल माध्यममा प्रतिस्पर्धा गर्नसक्ने गरी पार्टी संरचना, सङ्गठन र कार्यशैलीमा पुनर्गठन आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ जेठ २०८३, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यकः सुरेन्द्र पाण्डे
'८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन’: सुरेन्द्र पाण्डे
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे