काठमाडौँ । प्रतिनिधि सभाले चार वटा अध्यादेश स्वीकृत गरेको छ। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।
चार वटै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निणयार्थ प्रस्तुत गरेका थिए ।
गत वैशाखमा संसद् अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो । वैशाख २८ गते संसद् अधिवेशन सुरु भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधिसभा पेस भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०८३, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग