चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।
बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बसेको हो । भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।
बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।
रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०८३, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी