महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०८३, १५ : २५
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ

चितवन । रास्वपाका सभापति रवि लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन्। चितवनमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आन्तरिक लोकतन्त्र पार्टीको सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए।

उनले भने, ‘आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन सकिएन भने, पार्टीका साथीहरूको अधिकारलाई कुण्ठित गरियो भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउँछ। एउटा घरमा हुने दुर्घटना र एउटा समाजमा हुने दुर्घटनाभन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाको निकै ठुलो मूल्य देशले चुकाउनुपर्ने हुन्छ। त्यसैले हामीले होसियारीका साथ कदमहरू चाल्नुपर्ने हुन्छ।’

उनले अहिले आफूहरू परिवर्तनको संघारमा उभिएको बताए।

उनले थपे, ‘भोलि निर्वाचित भएर तपाईँ हामी यसैगरी अर्को बैठकमा सबै जना आउला या नआउला। मेरो त शुभकामना छ। त्यस कारण स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपिल गर्न चाहन्छु। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौँ।’

प्रतिक्रिया दिनुहोस