काठमाडौँ । नेकपाका नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन् ।
पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो।’
पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैँ इमानदार र प्रतिबद्ध रहिरहने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०८३, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृष्ण बहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस