काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९)देखि सर्वसाधारणका निम्ति आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका निम्ति निष्कासन गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका सात करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको सात लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका निम्ति निष्कासन गरेको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम एक हजार कित्ताका निम्ति आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा आउँदो जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला