काठमाडौँ । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् ।
पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ ।
विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले टारेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन् ।
विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेरेर नारा लगाएका थिए ।
पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०८२, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित
काँग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको तयारी तिव्र : १८ वटा उपसमिति गठन, विशेष महाधिवेशन महामन्त्रीद्दयले आजै आह्रवान गर्ने
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय सभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने काँग्रेसको निर्णय
किन सर्यो कांग्रेसको बैठक ?