काठमाडौँ । पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ ।
शाहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ (मापसे) तथा लागूपदार्थ (लापसे) सेवनसम्बन्धी विशेष जाँच शुरु गरेको हो । सडकमा सवारी चालकहरूको नियमित जाँच गरिएझैँ पोखरा–१८, सराङकोटस्थित तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटहरूको आकस्मिक परीक्षण गरेको थियो ।
भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति रहेको हालको समयमा पाइलटहरूले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यो अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०८३, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह
जेनजीको पोखरामा पनि प्रदर्शन