गणेश नेपाली मृत्यु घटना : तीन नगर प्रहरी नियन्त्रणमा, सोधपुछ जारी

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०८३, १३ : १९
गणेश नेपाली मृत्यु घटना : तीन नगर प्रहरी नियन्त्रणमा, सोधपुछ जारी

काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले काठमाडौँ महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिहरूमा दुई जना महिला र एक जना पुरुष नगर प्रहरी रहेका छन्।

उनीहरूसँग घटनाको विवरण र सम्भावित कारणबारे जानकारी संकलन गर्ने उद्देश्यले सोधपुछ भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस