६ महिना यताकै न्यून बिन्दुमा सेयर बजार, नेप्से ३५० अंकले गिरावट

सफल खबर संवाददाता

आइतबार, २८ असार २०८३, १२ : ४४
६ महिना यताकै न्यून बिन्दुमा सेयर बजार, नेप्से ३५० अंकले गिरावट

काठमाडौँ। नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्यून स्तरमा पुगेको हो ।

नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भए पनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ्ने आशा गरिएको थियो । तर शेयर बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस