काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो ।
बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले जेठसम्म ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको जेठसम्म ४ अर्ब ७० करोड नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११६८.४५ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३७ करोड मात्रै नाफा कमाएको थियो ।
कुन बैंकले कति कमाए नाफा ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०८३, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य बैंकहरूको नाफा वृद्धिदर सीमित, आठ महिनामा ४३ अर्बभन्दा बढी आम्दानी
वाणिज्य बैंकहरूको नाफामा गिरावट
वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन को कति ?
१० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुँदै
सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?
पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित