काठमाडौँ । दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधन भएको छ ।
दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोली तथा मामेलोडी सन्डाउन्सका एडम्सको २५ वर्षको उमेरमा निधन भएको हो ।
हालै सम्पन्न फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका एडम्सको निधनले दक्षिण अफ्रिकी फुटबल क्षेत्रमा शोक छाएको छ । उनको निधनको कारणबारे भने अहिलेसम्म आधिकारिक रूपमा खुलाइएको छैन । एडम्सका प्रतिनिधि र अभिभावकले उनको निधनको पुष्टि गरेका छन् ।
एडम्सका मार्गदर्शक ब्रेन्डिन जोन्सनले परिवारका तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन् । उनका अनुसार विश्वकपबाट फर्किए लगत्तै यस्तो दुःखद समाचारले सबैलाई स्तब्ध बनाएको छ ।
उनले विश्वकपपछि क्लबमा फर्किएर अफ्रिकी क्लब प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित उनले तयारी गरिरहेको बेला अचानक मृत्यु भएको बताइएको छ ।
एडम्सको असामयिक निधनप्रति दक्षिण अफ्रिकी फुटबल समुदाय, मामेलोडी सन्डाउन्स क्लब तथा राष्ट्रिय टोलीले गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असार २०८३, २० : ४१
लेखकबाट थप