गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन : गगन थापा

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०८३, १४ : २५
गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गणेश नेपालीको आत्महादको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभएको बताएका छन्। सो घटनाले नेपालीलाई स्तब्ध बनाएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो। यससँगै सबैमा एउटा विनम्र अनुरोध छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।’

उनले कठिन घडीमा गणेश आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

उनले थपेका छन्, ‘उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ। विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।’

प्रतिक्रिया दिनुहोस