काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले गणेश नेपालीको आत्मदाहको घटनाले राज्यको गम्भीर असफलता उजागर गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै नयाँ आशा र जनमतका साथ सरकार बनेको भए पनि यस्ता घटना दोहोरिनु चिन्ताजनक रहेको बताए।
पुनले सरकारसँग प्रश्न गर्दै भने, ‘के यो राज्यको असफलता हो? कि गरिब, दुःखी, विपन्न र सुकुम्वासीहरूले राजधानी वा देशभर बाँच्न र जीविकोपार्जन गर्न नपाउने सङ्केत हो?’
सरकारले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने र संसद्मा स्पष्ट जवाफ दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०८३, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलाई लामाको जन्मोत्सव मनाएको घटनाप्रति नेकपाले माग्यो सरकारको जवाफ
प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गरोस् : नेकपा
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि