काठमाडौँ । फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै १६ वर्षपछि स्पेन सेमिफाइनलमा पुगेको हो ।
सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको स्पेनले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
स्पेनका लागि फेबियन रुइज र मिकेल मेरिनोले गोल गरेका थिए । बेल्जियमका चार्ल्स डे केटलेरले एक गोल फर्काएका थिए ।
स्पेनका रुइजले खेलको ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४१औँ मिनेटमा बेल्जियमका केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ८८औँ मिनेटमा मेरिनोले गरेको गोलसँगै स्पेन २–१ गोलले विजयी भयो । अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असार २०८३, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
इरानसँग बेल्जियमको गोलरहित बराबरी