मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १२ : ४०
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक संस्था मात्र नभई विश्व मानव अधिकार प्रणालीसँग जोडिएको महत्त्वपूर्ण संरचना भएको बताए।

उनले भने, ‘यसले संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार, अन्तर्राष्ट्रिय मानव अधिकार सम्बद्ध संस्थाहरूसँग सहकार्य गर्दै नेपालको मानव अधिकारको अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउँछ। आयोगको प्रतिवेदन र सिफारिसहरूको उपेक्षा गर्नु केवल राष्ट्रिय मानव अधिकार आयोगको अवमूल्यन र अपहेलना मात्र होइन, यो अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयताको, विधिको शासन र लोकतन्त्रको छविलाई नै उपहास गर्ने कार्य हो।’

आयोगको प्रतिवेदन केवल १३ प्रतिशत मात्र कार्यान्वयन आएको जानकारी आएको बताए।

उनले थपे, ‘तसर्थ आयोगका सदस्य लिली थापाको प्रतिवेदन अझै सार्वजनिक नहुनु दुःखद मात्र होइन खेदपूर्ण छ। प्रतिवेदन यथाशीघ्र सार्वजनिक होस्, साथै अविलम्ब कानुनी कारबाही प्रारम्भ गरियोस्।’

प्रतिक्रिया दिनुहोस