राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०८२, १९ : ४४
राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन जेड आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा राजा र जेन जेडसहितको नवीन समझदारीको माग गर्दै सडक आन्दोलन गर्ने भएको छ । आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीले पाएका छन् ।

आन्दोलनको समग्र तयारी र रणनीति निर्माणका लागि पार्टीले विशेष आन्दोलन परिचालन समिति गठन गर्दै त्यसको नेतृत्व शाहीलाई सुम्पेको हो । अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको पत्र दिएका छन् । पत्रअनुसार समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रवीन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्यका रूपमा चयन भएका छन् ।

समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो। बैठकमा अध्यक्ष लिङ्देन स्वयं उपस्थित रहेर आन्दोलनका एजेन्डा तथा व्यवस्थापनबारे निर्देशन दिएका थिए । बैठकमा २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण, संगठित र संख्यात्मक रूपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस