काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि पार्टी स्थापना दिवस मनाउने भएको छ।
भोलि चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा झन्डोत्तोलनसहित स्थापना दिवस मनाउने तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
उनका अनुसार राप्रपा जेठ १५ गते ३६ वर्षमा प्रवेश गर्दै छ।
उनले भने, ‘भोलि जेठ १५ गते हाम्रो गौरवशाली पार्टी राप्रपा ३६ वर्षमा प्रवेश गर्दै छ। पार्टी स्थापना दिवसको अवसरमा भोलि बिहान ९ बजे चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा झन्डोत्तोलन र शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ।’
कार्यक्रममा पार्टीका अग्रज नेता, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूमा उपस्थिति हुन आग्रह गरेको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ जेठ २०८३, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने