काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको मुख्य सचिव पदमा प्रा. डा. जयन्तनाथ खनाललाई मनोनयन गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले दिएका छन्।
नवनियुक्त मुख्य सचिव खनाल यसअघि पार्टीको केन्द्रीय कार्यसमिति सदस्य तथा पार्टी निकट प्राज्ञिक परिषद्का अध्यक्षको जिम्मेवारीमा रहेका थिए।
शैक्षिक क्षेत्रमा लामो समय योगदान दिएका खनाल त्रिभुवन विश्वविद्यालयमा लामो अवधिसम्म अध्यापन तथा प्रशासनिक कार्यमा संलग्न रहेको पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ जेठ २०८३, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग