काठमाडौ । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्।
सोही कारण सरकारले सोमबारै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो।
एकनारायण विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा नियुक्त भएका थिए।
मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गरेका छन्।
उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव आज अवकाश हुन लागेका अर्यालको भनाइ छ।
यस्तै उनको कार्यकालमा अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ।
एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादास्पद डोल्मालाई कर छुट : निर्णय भयो, तर मुख्यसचिवले प्रमाणिकरण नगरिदिँदा कार्यान्वयन अड्कियो
प्रधानसेनापति र मुख्यसचिवसहित सुरक्षा प्रमुखद्वारा संयमित हुन अपिल
मुख्यसचिव अर्यालको छिर्के दाऊ : 'कुलिङ अफ पिरियड' निष्क्रिय बनाउन नसकेपछि अवकाश उमेर लम्ब्याउने नयाँ खेल
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
मधेशको पानी समस्याबारे मुख्यसचिवको चासो, गृह मन्त्रालयलाई समाधानका लागि निर्देशन
मुख्यसचिव र अमेरिकी राजदूतबीच भेटवार्ता