काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले गरेको सर्वदलीय छलफलपछि विपक्षी दलका नेताहरू सिंहदरबारमा छुट्टै बैठकमा जुटेका छन्।
संसद् सञ्चालन तथा जारी अवरोधका विषयमा साझा रणनीति तय गर्ने उद्देश्यले उनीहरूबीच आन्तरिक छलफल भइरहेको हो।
रास्वपाले अघि सारेको प्रस्तावमाथि गहिरो समीक्षा गर्दै आगामी संसदीय रणनीतिबारे एकीकृत धारणा निर्माण गर्ने प्रयास भइरहेको बताइएको छ। विपक्षी दलका नेताहरूले परराष्ट्रमन्त्रीमार्फत सदनमा जवाफ दिने विकल्प स्वीकार गर्ने वा नगर्ने तथा संसद् सञ्चालनमा सहयोग गर्ने वा अवरोध कायम राख्ने विषयमा छलफल केन्द्रित गरेका छन्।
एक सहभागी नेताका अनुसार, संसद् सञ्चालन, परराष्ट्र मन्त्रीको सम्भावित भूमिका र समग्र राजनीतिक प्रक्रियाबारे साझा निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ।
उक्त छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिहरू सहभागी भएका छन्। विपक्षी दलहरूबीच सहमति बनेपछि मात्र संसद् अवरोध सम्बन्धी अन्तिम निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ जेठ २०८३, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक