काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई धाकधम्की दिइरहेको भन्दै रक्षामन्त्रीको खोजी गरेका छन् । उनले आज संसद बैठकमा बोल्दै रक्षामन्त्रीलाई बोलाइदिन सभामुखसमक्ष माग गरे ।
प्रधानमन्त्रीले सीमाबारे विवादित अभिव्यक्ति दिएपछि आफूहरूले ११ औँ दिनसम्म प्लेकार्ड देखाएर विरोध जनाउँदा पनि आउने छाँटकाँट नदेखिएको साम्पाङले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यू त आउनुहुन्न । नेपाल सरकारको रक्षा मन्त्री को हुनुहुन्छ, सभामुखज्यूले रुलिङ गरेर बोलाइदिनुपर्छ । उहाँलाई प्रश्न सोध्न चाहन्छु । सुस्ता भन्ने ठाउँमा एसएसबी आएर नेपाली दाजुभाइलाई हप्किदप्की गरेको र स्थानीयले आफ्नो भूमिका लागि हित्था लड्दै भिड्दै गरेको भिडिओ सार्वजनिक भएका छन् । हाम्रो नेपाली सेना सिमानामा जानै नहुने के कसम खाएको रहेछ ? अवलोकन गर्न पनि पठाउनु नमिल्ने के करार गरेको रहेछ ? त्यो देखाइदिनुपरो । हामी सार्वभौम सांसदहरू जान्न बुझ्न चाहन्छौँ । रक्षामन्त्री खोजेर ल्याइदिनुस् ।’
स्मरण रहोस्, रक्षामन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ जेठ २०८३, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग