‘मल अभाव हुन नदिन सरकार तत्पर छ’ : मन्त्री चौधरी

सफल खबर संवाददाता

विहीबार, २८ जेठ २०८३, १७ : १२
‘मल अभाव हुन नदिन सरकार तत्पर छ’ : मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराइने बताएकी छन् । 

राष्ट्रिय सभाको आजको बैठकमा ‘कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्न उत्तर’ कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरकारले लागत सहभागिताको आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आवमा हालसम्म पाँच लाख ५८ हजार ५२२ मेट्रिकटन मल आपूर्ति भइसकेको जानकारी दिइन् । 

मन्त्री चौधरीले चार लाख ६८ हजार १६ मेट्रिकटन मल किसानलाई बिक्री/वितरण गरिसकिएको बताइन् । हाल एक लाख ६८ हजार ८०२ मेट्रिकटन मल मौज्दात रहेको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस