काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टाछुट्टै छलफल गरेको छ । परराष्ट्रमन्त्री राणासँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिलाई जोड दिनुपर्ने बताए । उनले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको बताए ।
उनले देशगत विशिष्ट आर्थिक रणनीति बनाउन, विदेशी बजारमा नेपाली वस्तु प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नियोगलाई प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिए ।परिसंघले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर बराबर पुर्याउने र दोहोेरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको उनले बताए । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास समेत व्यक्त गरे ।
परराष्ट्रमन्त्री देउवाले स्वदेशीसँगै विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधार प्राथमिकतामा राखेको बताइन् । सरकारले केही कानुन संशोधन गरिसकेको उदाहरण दिँदै उनले अन्य कानुन संशोधन गर्न लागेको समेत जानकारी गराइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०८२, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण
परराष्ट्रमन्त्री दिल्ली जाँदै