पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २९ जेठ २०८३, १२ : २८
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन् । 

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन् । 

“देशलाई समृद्ध बनाउन नगरी नहुने महत्त्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्ने छ ।’’, उनले भनेका छन्, “ देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार संघीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई सिकाउन निरन्तर लागिरहनेछु ।’’

प्रतिक्रिया दिनुहोस